अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मङ्सिर १ गते
दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौंको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।
बालगोपालेश्वर मन्दिर आज पाँच वर्षपछि भाइटीकाको दिन खुल्ला गरिएको छ ।
यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माणपछि पहिलो पटक मन्दिर खुला गर्न लागिएको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्छ । दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २७ करोड रुपैयाँ खर्चेर कात्तिक महिनामा रानीपोखरी पुनर्निर्माण सम्पन्न गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको कात्तिक ५ गते रानीपोखरी उदघाटन गर्नुका साथै बालगोपालेश्वरको प्राणप्रतिष्ठा पूजा गरेकी थिइन् ।