बेलायतका प्रधानमन्त्री बोसि जोनसन पनि सेल्फ आइसोलेशनमा

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, मङ्सिर १ गते

बेलायतका प्रधानमन्त्री बोसि जोनसन पुन कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् । बिहीबार सामुहिक रुपमाबसेको बैठकपछि ५ जनामा कारोना संक्रमण भएको पाइएपछि प्रधानमन्त्री जोनसनमा पनि कन्ट्रयाक्ट ट्रेसिङमा पर्नुभएको हो ।

अहिले उहाँ सेल्फ आइसोलेशनमा बस्नुभएको बेलायती समाचार माध्यमहरुको भनाइ छ । उहाँलाई गत मार्चमा कोरोना भाइरस संक्रमण भएको थियो ।

 संक्रमणपछि उहाँको स्वास्थ्य अवस्था अति नै चिन्ताजनक भएको थियो । तर आइशियूमा राखेर निरन्तर गरिएको उपचारपछि उहाँ बाँच्न सफल हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *