अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,मङ्सिर ३ गते
महोत्तरीको बर्दिवासमा आज बिहान ट्याङकरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलमा सवार अर्का व्यक्ति समान्य घाइते भएका छन् । ना ७ ख ३५२१ नम्बरको तेल टयाङकर पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको ग ९ प ५३२१ नम्बरको मोरसाईकललाई ठक्कर दिएको हो ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुधवार बिहान स्थानीय भावना प्रेट्रल पम्पमा तेल हालेर पोखरा तर्फ जादै गर्दा सिन्धुलि रोडमा एक्कासि ट्याङकरले ठक्कर दिदा मोटसाईकल सवार दाजुभाई मध्ये पछिाडि बस्ने सिन्धुली तिन पाटन गाउँपालिका १० और बस्ने वर्ष २६ को दाजु आशालाल परियारको मृत्यु भएको हो ।
परियारलाई बर्दिवास शुभ स्वतिक अस्पतालमा उपचारको क्रममा मृत्यु घोषणा गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाई बताउनुभएको छ ।
मोटसाईल चालक भाई सकुसल रहेको र तेल टयाङकर गाडी र चालक प्रहरी नियन्त्रनमा रहेको उपरीक्षक चापागाईले जानकारी दिनुभयो ।
शवलाइ पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल लैजाने तयारी भईरहेको छ ।