मोरङमा धान थ्रेसर लगाउने क्रममा आगलागी हुँदा १५ लाख बराबरको क्षति

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ३ गते

धान थ्रेसर लगाउने क्रममा मोरङको उर्लाबारीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मंगलबार दिउँसो उर्लाबारी नगरपालिका वडा–३ चन्दने चोक बस्ने हरि गडतौलाको ट्रयाक्टर र थे्रसरमा आगलागी भएको हो । थ्रेसर लगाउने क्रममा अचानक आगलागी भएको प्रहरीले बताएको छ ।

आगलागीबाट ट्रयाक्टर, थ्रेसर र पराल जलेको छ । आठ कट्ठामा लगाएको धान थ्रेसर गर्ने क्रममा अन्तिम समयमा एक्कासी अगलागी भएको प्रहरीले बताएको छ । आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *