अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ३ गते
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक दश दिनका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको बैठक १० दिनपछि १३ कात्तिकमा बस्नेगरी स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेकपाको सचिवालय बैठक मंसिर १३ गते बस्नेछ । सो बैठकमा ओली आफ्नो तर्फबाट नयाँ राजनीतिक प्रस्ताव पेश गर्ने श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठले मंसिर १८ गते स्थायी समितिको बैठक बस्ने जानकारी दिए । उनले मंसिर १३ गते सचिवालयको बैठक, १८ गते स्थायी समिति र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको बताए ।
प्रधानमन्त्री ओलीविरुद्ध दाहालको राजनीतिक प्रतिवेदन केन्द्रित रहेपछि विवाद भएको थियो ।