थाइल्यान्डको राजधानी बैङ्ककमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ४१ जना घाइते

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, मङ्सिर ३ गते

थाइल्यान्डको राजधानी बैङ्ककमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ४१ जना घाइते भएका छन् । मंगलबारका दिन सांसदहरुले संविधानमा सम्भावित परिवर्तनको विषयमा बहस गरिरहेका थिए, सोही बैठकमा दबाब दिनका लागि प्रदर्शनकारीहरु संसद भवनअघि पुग्ने प्रयास गरिरहेका थिए ।

प्रदर्शनकारीहरुले प्रहरीहरुमाथि धुँवा र रङको फोहरा फालिरहेको थिए, यसको प्रतिकारस्वरुप प्रहरीले पानीको फोहरा र आँसु ग्यासद्वारा प्रतिकार गरे । संविधानमा केही परिवर्तन ल्याउनका लागि राखिएको प्रस्ताव नै महिनौदेखि चलेको आन्दोलनको मुख्य माग हो ।

सुधारिएको राजतन्त्र र प्रधानमन्त्री प्रुथ चान ओचलको बर्हिगमनका लागि आन्दोलनलाई अघि बढाइएको छ । उनी प्रधानमन्त्री हुनुअघि सेनाध्यक्षको रुपमा २०१० देखि २०१४ सम्म आफ्नो जिम्मेवारी वहन गरेका थिए । पछि आएर प्रधानमन्त्री चान ओचले आफ्नो शक्तिको प्रयोग गर्दै २०१४ सत्ता कब्जा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *