एस पि पन्त को एक्सनले नुन देखि सुन सम्म् का तस्करहरुमा रुवाबासि

अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता,पुस १ गते।

पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्त पर्सामा २०७६ साल माघ २३ गते देखी कार्यभार बुझेको  दिनदेखी तस्करीको सामान धमाधम पक्राउ परेको  छ।

एस पि पन्तले विशेष सूचनाको अधारमा भारतको बाट एक एक बोरा गरि ल्याई भणडारन गरि राखेको गोदाम बाट ठूलो परिणाममा प्याज पक्राउ गरेको छ यसै बिच आजै जय नर्सिह ज्वेलर्श मा छापामारी गरि  ४० के जि  चान्दि पनि पक्राउ गरेको छ।

केही दिन पहिला  २३ किलो सुन र २ किलो चादी गहना पक्राउ गरेर पर्सा  प्रहरिको इतिहासमा पर्सामा पहिलो पटक ठूलो परिमाणमा  येति धेरै सुन पक्राउ गरि इतिहास बनाउन सफल भएको व्यापक रुपले  चौतर्फी चर्चा भईरहेको थियो।

एस पि पन्तले पर्सामा  कार्यभार सम्भालेको  ११ महिनामा लगभग ३० करोड भन्दा बढिको भन्सार छलिगरेको अबैध मालसमान  र हुण्डी को रकम पक्राउ गरि बिरगंज भन्सार र राजस्व अनुसन्धान पथलैया बुझाएको छ।

पर्सा प्रहरी उपरीक्षक पन्तले  कार्यभारबुझेको केही दिन पछी नै सुरु भएको कोरोना माहामारी को पालना गर्नुको  साथ साथै पर्सामा शान्ति सुरक्षा र तस्करहरुको संजाललाई तोडन समेत सफल भएको आममानिसहरुको बुझाई छ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरिक्षक पन्तको नेतृत्व र पर्सा क्राइमको सञ्चालित अभियानले अहिले पर्साको अपराधी गतिबिधी तथा  तस्करहरुमा  रुवाबासी र उठिबास  भएको  पर्सा  को विभिन्न सन्चार माध्यम ले जनाएको छ।

पर्सा जिल्लाको वीरगंज सिमानाकामा  हुने अपराधी गतिविधि र तस्करी गतिविधि गर्ने तस्करहरुलाई धमाधम पक्राउ गरेपछी  अहिले तस्करहरु पर्सा जिल्लावाट पलायन भएका  छन्। त्यसतै पर्सा जिल्लाको ग्रामीण भेगको सिमा नाकामा हुने तस्करी र अपराधी गतिविधिमा पनि  कमि आएको  पर्सा जिल्ला बासिहरुको भनाई छ ।

पर्साका प्रहरी उपरिक्षक पन्त भन्छिन् आफुले बीरगंजमा पर्सा प्रहरी प्रमुखको कार्यभार सम्भालेको दिन देखी बीरगंज लगायत पर्सा जिल्लाको शान्ति सुरक्षा कायम गरेको दावी समेत गरिन ।

एस पि  पन्तले  भनिन प्रहरीको पहिलो प्राथमिकता भनेको जिल्लामा शान्ति सुरक्षादिने र  अपराधी क्रियाकलापलाई समाप्त गर्ने  बताउदै आफुले पनी सोही गर्दै आएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *