पशुपतिनाथ मन्दिर आजबाट भक्तजनका लागि खुल्ला

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १ गते।

गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति आज बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ ।

आराध्यदेव पशुपतिनाथको दर्शन गर्न श्रद्धालुहरु आज बिहानै पशुपतिनाथ मन्दिर पुगेका थिए । पुसको जाडोको प्रवाह नगरी भक्तजनहरु फाट्टफुट्ट पशुपतिनाथ दर्शनका लागि आइरहेका छन् ।

मन्दिरको पश्चिम ढोकोबाट भक्तजनहरुलाई प्रवेश दिइएको छ भने सोही ढोकाबाटै बाहिर निस्कने व्यवस्था मिलाइएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्नेछ । भने विकास कोषले हेल्थ प्रट्रोकललाई ध्यानमा राखेको छ ।

लामो समयदेखि बन्द रहेको पशुपतिनाथ आजबाट खुल्ला गरिए पनि भक्तजनले पुजा सामाग्री लगेर पुजाआजा गर्न नपाउने भएका छन् । पूजा साम्राग्रीका साथ भक्तजनले पूजाआजा गर्दा लाग्ने भीडभाडका कारण पूजा साम्रग्री लान नदिइएको पशुपति विकास कोषले जनाएको छ ।

मन्दिरभित्र हुने विशेष पूजा, भजनकिर्तनलगायत क्रियाकलाप भने अहिले सुरु नहुने कोषले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *