आज थप ९३६जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार १८० पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ३० गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ९३६जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख ५० हजार १८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म निको हुनेको संख्या दुई लाख ३८ हजार ५६९जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो चौबीस घण्टामा १४ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७३० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *