ठोरी क्रिश्चियन समाज द्वारा शुभकामना आदानप्रदान कार्यक्रम राई धारामा सम्पन्न

अनलाईन न्युजपाटी  मेघराज राय  ,पुस ८ गते।

ठोरी  गाउँपालिका २ राईधारामा  ठोरी क्रिश्चियन समाजको आयोजनामा आउदो अङ्ग्रेजी बर्ष २०२१तथा क्रिसमस डे को शुभ अवसरमा आज एक कार्यक्रम बिच  शुभकामना आदान प्रदान कार्यक्रम  सप्पन्न भएको छ।

ठोरी गाउँपालीका का अध्यक्ष पास्टेर सुनलामा (माईकल ) को सभापतीत्व्मा तथा ठोरी गाउँपालीका का अध्यक्ष पदमलाल श्रेष्ठको प्रमुख आथितत्वमा  सप्पन्न भएको छ। सो कार्यक्रम का  विशिष्ट अतिथि जिल्ला समुनय समितिका उपाध्यक्ष ठाकुर प्रसाद नेउपाने ठोरी गाउँ पालीका वार्ड नम्बर ४ का वार्ड अध्यक्ष बईबहादुर तामाङ  रेडियो बिजयबस्ती का अध्यक्ष सन्तोष श्रेष्ठ ठोरी गाउँपालीका का शिक्षा सयोजक भुपाल कुमार जोसी  उन्नति मेडिकल का प्रोप्राईटर   सुरेश साह ठोरी वृद्ध आसरमका अध्यक्ष आसबहादुर गुरुङ  लगायतले शुभकामना व्यक्त गर्दै कोरोनाको महामारीमा चाडपर्व सामाजिक दूरी बनाएर र स्वास्थ्य मापदण्ड पूरा हुने गरी मनाउन सुझाए। पर्वमा सामाजिक सद्भाव कायम गर्न आग्रह  पनि गरे ।

सो कार्यक्रम को स्वागत मन्तव्य ठोरी गाउँपालीका का क्रिश्चियन समाजका महिला पास्टेर बिनु मगरले  गरोके थियो भने संचालन रामबहादुर श्रेष्ठले  गरेको थियो ।कार्यक्रम ठोरी क्रिश्चियन समाज तथा माडीका बादर झुले क्रिश्चियन समाजका     स्थानीय बुधिजिबी महिला लगाएत लगभग सयौं  जनाको उल्लेखनीय  सहभागिता रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *