जनकपुरधाममा जसपाले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा दुई पटक झडप

अनलाईन न्युजपाटी  जनकपुरधाम,समाचारदाता,पुस १२ गते।

जनकपुरधाममा जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनको विरोधमा निकालेको मसाल जुलुसमा प्रहरी हस्तक्षेप गरेको छ । त्यसक्रममा दुई पटक झडप समेत भएको छ ।

जसपाले शनिबार संसद विघटनको विरोधमा रेल्वे स्टेशनबाट मसाल जुलुस निकालेको थियो ।

मसाल जुलुसलाई प्रहरीले रोक्न खोजेपछि केहीबेर झडप भएको थियो । त्यहाँ प्रहरी पछाडि हटेपछि जुलुस भानुचोक, शिवचोक हुँदै जनक चोक पुग्यो ।

जनक चोक पुगेर कोणसभा चलिरहेको समयमा प्रदर्शनकारीहरुले आगो बालिएको मसाल प्रहरीतर्फ फ्याँकेपछि पुनः झडप भएको थियो ।

उक्त झडपमा प्रहरीले लाठीचार्ज गर्दा केही सामान्य घाइते समेत भएका बताइएको छ ।

 जसपा नेता कार्यकर्ताहरुले हातहातमा मसाल लिएर प्रधानमंत्री केपी ओली तथा राष्ट्रपति विद्या देवी भण्डारीको कदम विरुद्ध प्रदर्शन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *