३९ ओटा अबैध भारतीय राङ्गा भैंसी बरामद

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, पुस १२ गते।

भारत बाट अबैध रुपमा भित्रईरहेको   अवस्थामा ३९ ओटा राङ्गा भैंसी  ठोरी गाउँपालीकको ओरीया खोला को पुल बाट अन्दाजी ४बजेको समयमा बरामद भएको पर्सा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका क्राईम टोली र बिओपी सुबर्णपुरका सशस्त्र प्रहरीको सयुक्त गस्ती टोलीले ठोरी गाउँपालीका वार्ड नम्बर ४ को मालीबस्ती बाट ३९ ओटा भारतीय अबैध राङ्ग भैंसी बरामद गरेको छ।

भारतबाट अबैध रुपमा भित्री रहेको विशेष सूचनाको आधारमा बरामद भएको हो बरामद राङ्गा भैंसीलाई ईलाका प्रहरी कार्यालय सेढवा मा राखिएको र सो राङ्ग भैसीहरुलाई बिरगंज भन्सार कार्यालयमा बुझाउने त्यारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तले बताउनु भयो।

One thought on “३९ ओटा अबैध भारतीय राङ्गा भैंसी बरामद

Leave a Reply

Your email address will not be published. Required fields are marked *