कञ्चनपुरमा नेकपाका २ समूहबीच धकेलाधकेल

अनलाईन न्युजपाटी  कैलाली,समाचारदाता,पुस १२ गते।

कञ्चनपुरमा ओली पक्षले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेपछि प्रचण्ड–नेपाल समूहले ताला तोड्ने प्रयास गरेपछि हात हालाहालको अवस्था सिर्जना भएको छ ।

पार्टी कार्यालय परिसरको अवस्था तनावग्रस्त भएपछि स्थानीय प्रशासनले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाको नेतृत्वमा प्रहरी परिचालन गरिएको जनाएको छ। 

प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालयमै भेलाको आयोजना गरेको भन्दै ओली पक्ष विरोधमा उत्रिएको थियो। अहिले पनि दुवै पक्षका नेता कार्यकर्ताबीच वादविवाद भइरहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *