अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, पौष २२ गते।
जनकपुरको सीता चोकमा मंगलबार विहान फेला परेको शंकास्पद वस्तु नेपाल सेनाको बम डिस्पोज टोलीले नस्ट गरेको छ ।सीताचोकमा मासु पसल चलाउँदै आएकी एक महिलाले आफ्नो काउण्टरमुनि नयाँ सुटकेस देखेपछि उनले तत्कालै प्रहरीलाई सूचना दिएकी थिइन्।प्रहरीको सूचनाको आधारमा नेपाली सेनाको बम डिस्पोजल टोलीले झण्डै डेढ घण्टा लगाएर उक्त शंकास्पद वस्तुलाई नष्ट गरेको जनाएको छ ।नष्ट गरिएको ब्यागमा विस्फोटक पदार्थ नभेटिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले अनलाईन न्युजपाटीलाई जानकारी दिएका छन् ।