स्कारपियो राँगासँग ठोक्किदा एक जनाको मृत्यु

अनलाईन न्युजपाटी,सर्लाही,समाचारदाता, पौष २२ गते।

स्कारपियो राँगासँग ठोक्किदा एक जनाको मृत्यु भएको छ । नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा मंगलबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका छन् ।सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आइरहेको बीआर ०६ पीडी ३६३७ नम्बरको स्कारपियो सडकमा हिँडिरहेको राँगोलाई ठक्कर दिएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कारपियोमा सवार भारतीय नागरिक ३८ वर्षीय प्रमोद सदाको घटनास्थलमै मृत्यु भएको प्रहरीेले जनाएको छ ।दुर्घटनामा भारतीय नागरिक ३५ वर्षीय सञ्जय सदा, ३० वर्षीया अकलया देवी, उनकी एक वर्षीया छोरी राधिका कुमारी, ४० वर्षीय अमरजीत राम र स्कारपियो चालक सर्लाहीको हरिवन नगरपालिका–४ सासापुरका ३० वर्षीय मोहम्मद रफतात घाइते भएका छन् । घाइते पाँचै जनाको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *