अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, पौष २२ गते।
पोखराको काहुँखोलामा ठूलो परिमाणमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।पक्राउ हुनेमा पोखरा-१३ पाटनवेशीका २१ वर्षीय अनुप तामाङ र पोखरा-३० शिसुवाका १९ वर्षीय विशाल परियार रहेका प्रहरीले जनाएको छ ।प्रहरीले दुई जनाबाट ९४ एम्पुल डाइजेपाम, ९४ एम्पुल नुर्फिन र ९२ एम्पुल फेनरागनसहित २ थान मोबाइल र एउटा मोटरसाइकल पनि बरामद गरेको उल्लेख गरेको छ ।चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा भाग्न खोजे पछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी लिँदा लागुऔषध फेला परेको प्रहरीले बताएको छ ।पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारवाही प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको पनि प्रहरीले अनलाईन न्युजपाटीलाई जनाएको छ ।