अनलाईन न्युजपाटी,सर्लाही,समाचारदाता,माघ ६ गते।
सर्लाही प्रहरीले बेवारिसे अवस्थामा तीन पोका मयुरको पँखेटा बरामद् गरेको छ । ब्रहम्पुरी गाउँपालिका–५ सखुवा बेवारिसे अवस्थामा छाडिएको तीन पोका मयुरको पँखेटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरी चौकी पर्साको गस्ती टोलीले आईतबार साँझ बाटोमा बेवारिसे अवस्थामा तीनवटा ठुलो पोकामा रहेको मयुरको पँखेटा बरामद् गरी जिल्ला प्रहरी कार्यालय मलंगवा पठाएको हो । डिभिजन वन कार्यालयसँग समन्वय गरी आवश्यक कारबाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।उक्त पँखेटा भारततर्फ तस्करी गर्न खोजेपनि सिमा पार गराउन नसक्ने भएपछि बेवारिसे अवस्थामा छाडिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।