सिमेन्टको चुनढुंगा बोकेको टिफर उदयपुरमा दुर्घटना चालकको मृत्यु

अनलाईन न्युजपाटी,उदयपुर,समाचारदाता,माघ ६ गते।

उदयपुरगढी गाउँपालिका ७ अधेरी (मसाने) मा टिफर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टिफर दुर्घटनामा घाइते भएका चालक कटारी नगरपालिका–२ खोक्सा निबासी २२ बर्षीय भुपेन्द्र खत्रीको उपचारको क्रममा मृत्यु भएको हो । नेपालटारबाट कसमस सिमेन्टको चुनढुंगा बोकेर जनकपुर तर्फ जाँदै गरेको ना ५ ख ५४१० नम्बरको टिपर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भिर घाईते भएका टिफर चालक खत्रीको जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएको थियो । खत्रीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *