धनुषामा लागुऔषध सहित २ जना युवा प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी,धनुषा,समाचारदादाता,माघ ९ गते।

धनुषाको लक्ष्मीनिया गाउपालिका वाड न १ स्थित रहेको सिगंरजोडा जाने सडक खण्डमा लागुऔषध सहित २ जना युवालाई प्रहरी नियन्त्रणमा लिएको छ। पक्राउ परेका महोत्तरी जिल्लाको औरही नगरपालिका २ बस्ने २३ वर्षिय पवन विश्वकर्मा र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका १० बस्ने २७ वर्षीय रोशन विश्वकर्मालाई ज.९ प. ६३९८ नम्बरको डिस्कभर मोटरसाईकलमा सवार दुवैजनालाई चेकजाँच गर्दा ५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएका  छन। मंगलबार बिहान ९ बजे तिर गोप्य सूचनाको आधारमा सिगंरजोडाबाट पक्राउ गरेको छ।उनिहरुमाथी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *