अनलाईन न्युजपाटी,सिन्धुली,समाचारदादाता,माघ १३ गते।
मरिण गाउँपालिका १ मधुबनीमा बाघले ३ वटा बाख्रा मारेको दश दिन नबित्दै आज राती बाख्राको खोरमै आएर बाख्रा मारेको छ ।स्थानीय सम माया खपाङ्गी मगरको खोरमा रहेको एउटा माउ बाख्रालाई आईतबार राति करीब १० बजेको समयमा आक्रमण गरेको थियो ।राति बाख्रा कराए पछ बाहिर निस्कदा बाघले बाख्रा तानिरहेका देखे पछि लखेट्न सफल भएको स्थानीए रुद्र बहादुर खपाङ्गीले जानकारी दिनु भयो ।
यस अघि मरिण गाउँपालिका १ मधुबनि निवासि नै ज्ञान बहादुर घोलेको माघ २ गते चराउन जंगल लगेको ३ वटा बाख्रा मारेको थियो ।यसअघि मधुबनि निबासी धन बहादुर रखालको कार्तिक महिनामा चराउन लगेको एउटा गाई मारी खाएको स्थानियले जनाएको छ ।बाघ गाउपसेर गाई बाख्रा मार्न थाले पछि स्थानीए त्रासमा बाच्नु परेको स्थानी रुद्र बहादुर खापाङ्गीले बताउनु भयो । जंगल जान, बाल बच्चालाई छोड्न समेत डर भएको बताउनु भयो । यस्तो घट्ना सम्बन्धित निकायलाई जानकारी गराउदा समेत सम्बन्धित निकाएले बेवास्ता गरेको स्थानीयको आरोप छ ।