बगनास डाँडामा रहेको एनसेलको टावरमा आगजनी

अनलाईन न्युजपाटी,पाल्पा,समाचारदादाता,माघ १३ गते।

बगनासकाली गाउँपालिका–९ बगनास डाँडामा रहेको एनसेलको टावरमा आगजनी भएको छ। आइतबार राति करिब १० बजे आगजनी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। आगजनीले टावरमा पूर्णरुपमा जलेर क्षति पुगेका छ। प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार आगजनीबाट जेनेरेटर, बिटिएस सिस्टम, जिएसएम एन्टेना, ब्याट्री प्यानल, मिटर बक्स, केबल तारलगायतका सबै सामग्री जलेका छन्। आगजनी कसले र किन गर्‍यो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *