अनलाईन न्युजपाटी,धनगढी,समाचारदादाता,माघ १३ गते।
धनगढी उपमहानगरपालीका–३ मिलनचोकबाट १६ जना जुवाडेलाइ प्रहरीले गएराती पक्राउ गरेको छ । उनिहरुको साथ बाट प्रहरीले २२ लाख ८२ हजार रुपैंया नगद पनि प्रहरीले बरामद गरेको छ । बिषेश सुचनाका आधारमा राती करिब १० बजे मिलन चोकका तिलक अधिकारीको घरमा छापामारी गरि प्रहरीले जुवाडेहरुलाइ पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरीनायब उपरिक्ष दक्ष कुमार बस्नेतको कमाण्डमा खटिएको टोलीले सो क्षेत्रमा छापा मारी जुवाडेहरुलाइ पक्राउ गरेको हो । प्रहरीले ठुलो रकम सहित जुवातास भइरहेको भन्ने जानकारी पाएपछि घर घेरा हालेको थियो ।प्रहरी आएको थाहा पाएपछि जुवाडेहरुको भाग दौड मच्एिको थियो । कतिपयले छतबाट समेत हाम फालेर भाग्न खोजेपनि प्रहरीको बलियो तयारीका कारण उम्किन सकेनन । प्रहरीले राती १० देखि बिहान ३ वजेसम्म सो क्षेत्रमा अप्रेशन जारी राखेको थियो ।यो गिरोह लामो समय देखि ठुलो रकम सहित जुवातास खेलिरहेको छ भन्ने हामीलाइ सुचना थियो त्यसै आधारमा पिछा गर्दै जाँदा प्रकाउ गर्न सफल भयौं डिएसपी बस्नेतले भने । उनिहरुलाइ जुवातास ऐन अन्र्तगत कार्बाही गरीने प्रहरीले जनाएको छ ।