विरगञ्जस्थित नेशनल मेडिकल कलेजका सन्चालक बसरुद्धिन अन्सारीको घरको मुल गेटमा राखिएको बम सेनाद्धारा डिस्पोज

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदादाता,माघ १३ गते।

विरगञ्जस्थित नेशनल मेडिकल कलेजका सन्चालक बसरुद्धिन अन्सारीको घरको मुल गेटमा राखिएको बम सेनाले डिस्पोज गरिएको छ । सोमबार बिहान साढे ८ बजेको समयमा अन्सारीको घरमा भेटिएको बमलाई नेपाली सेनाको श्री चण्डी प्रसाद गणबाट गएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ ।अन्सारीको घरमा भेटिएको शंकास्पद बस्तु बम नै भएको चण्डी प्रसाद गणका सेनानी नर बहादुर बिष्टले बताए । प्रेसर कुकर भित्र २ वटा डेटोनेटर र ब्याट्रीको चार्ज बनाएर बिस्फोटक पदार्थसहित फिट गरिएको सेनानी बिष्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *