अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता,माघ १५ गते।
फिरौतीका लागि नेपाल प्रवेश गर्न लागेको भनिएका एक आपराधिक समूहबीच रौतहटमा गोली हानाहान भएको छ । घटनामा आपराधिक समूहका १ व्यक्ति गोली लागेर घाइते भएका छन् ।रौतहटको इशनाथ नगरपालिका–१ स्थित बकैया नदीको बाँधनजिकै गएराति १२:३० बजे प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको हो । घटनामा प्रहरीको गोली लागेर आपराधिक समूहका २० वर्षीय चाँद अली घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।घाइते चाँदको दाहिने घुँडामुनि गोली लागेको छ । घाइते चाँदको हाल गौरस्थित अस्पतालमा उपचार भइरहेको छ ।सोही समूहका अन्य २ भने भारततर्फ भागेका छन् । घटनास्थलबाट आपराधिक समूहले छाडेको १ थान कटुवा पेस्तोल, खाली खोका १ थान र कटुवामा लोड भएको १ थान गोली प्रहरीले बरामद गरेको छ ।