अनलाईन न्युजपाटी,सुनसरी,समाचारदादाता,माघ १५ गते।
पाँच दिन अघि घुम्न भनेर निस्किएका २० वर्षीय अभिषेक कटुवालको सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीमा हत्या गरेर फ्यालेको अवस्थामा शव भेटिएको छ ।शरीरमा लगाएका कुनै पनि कपडा नभएको र टाउको तथा अनुहार कुच्याएर चिन्नै नसक्ने बनाउँदै विभत्स तरिकाले हत्या गरेर पराल र माटोले छोपेको अवस्थामा उनको निबस्त्र शव फेला हो । घटनास्थल विराटनरगर महानगरपालिका–४ भएर बग्ने केसलिया खोलाबाट पश्चिमतर्फ हो ।प्रहरीका अनुसार भारत घर भएका उनको बिर्तामोड मामा घर हो । बुवा भारतमै बस्दै आएका उनी आमासँग मामा घरमा बस्थे ।सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुसार प्रारम्भिक कुरा बुझ्ने क्रममा उनी माघ ९ गते घुम्न भन्दै मे १० प ८६७५ नम्बरको स्कुटर लिएर बिर्तामोडबाट हिँडेका थिए । तर घर नफर्किएपछि आमा तारा कटुवालले छोराको खोजीका लागि सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिइन् । उनले लिएर हिँडेको स्कुटर समेत फेला परेको छैन ।शवको फोटो हेरेर आफन्तले चिनेका थिए । घटनास्थलबाट शवसँगै रगत लागेको एउटा इँटा र च्यातिएको गलबन्दी को टुक्रा बाहेक अरु केही पनि फेला नपरेको प्रहरीले जनाएको छ ।एसपी पोखरेलले शरीरका केही भाग सड्न थालेको अवस्थामा शव भेटिएका कारण घटना तीन-चार दिन अघिनै भएको बताए । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर गम्भीर ढंगले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए ।घटनाको कारण खुलिनसकेको र त्यसमा संलग्नको पनि पहिचान हुन बाँकी रहेको एसपी पोखरेलको भनाइ छ । झापाबाट हिँडेका उनी कसरी त्यहाँ पुगे भन्ने नै खुलिसकेको छैन । अति नै व्यस्त रहने सडक छेउमै शव भेटिएका कारण घटना दिउँसो नभई राति गराइएको हुनु पर्छ, एसपी पोखरेलले भने, ‘शवको अवस्था हेर्दा घटनामा एक भन्दा बढी व्यक्तिको संलग्नता छ भन्ने देखिन्छ ।’