विप्लब नेतृत्वको ने.क.पा.का रौतहट जिल्ला सेक्रेटरी सहित दुइजना कार्यकर्ता पक्राउ

अनलाईन न्युजपाटी,रौतहट,समाचारदादाता,माघ १४ गते।

विप्लबले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका रौतहट जिल्ला सेक्रेटरी सहित दुइजना कार्यकर्ता लाइ पहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रौतहट जिल्ला सेक्रेटरी चितवन जिल्लाको खैरेनी नपा १ घर भएकी ३४ बर्षिय निर्मला शाही भन्ने दिशर्ना शाही र जिल्ला सदस्य रौतहट चन्द्रपुर नपा ३ इपिलघारीका ३९ बर्षिय दुर्गा बल रहेका छन । दुवैजनालाइ चन्द्रपुर ३ स्थित इपिलघारीटोल स्थित इन्द्र थिङ्गको घरबाट पक्राउ गरीएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन । उनीहरुको साथबाट मोवाइल, चन्दा माग्ने पत्र , बिजुलीको तार, कितावहरु लगाएत अन्य पार्टीको दस्तावेजहरु बरामद गरीएको प्रहरीले जनाएको छ ।उधोगी, व्यावसायी, जनप्रतिनिधीहरु ,कर्मचारीलाइ धम्की दिदै चन्दा माग गरेको , एक महिना अघि गुजरा नगरपालिकाको जुगौलियामा रहेको एनसेलको टावरमा बिस्फोटन गराएको लगाएतको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *