अनलाईन न्युजपाटी,बैतडी,समाचारदादाता,माघ १४ गते।
बैतडीमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्वर १ सकारमा म १ त ११७२ नम्वरको ट्याक्टरले किच्दा अन्दाजी ३५ बर्षीय स्थानीय नरेन्द्रराज भट्टराईको मृत्यु भएको हो।सोही ट्याक्टरमा सवार रहेका भट्टराई एक्कासी खसेपछि उनलाई ट्याक्टरले किचेको बैतडीकाप्रहरी नायव उपरिक्षण डिल्लीनारायण पाण्डेले जानकारी दिए। ट्याक्टर चालक धनगढीका दिनेश रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ।