टिपरको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु

अनलाईन न्युजपाटी,सुर्खेत,समाचारदादाता,माघ १४ गते।

टिपरको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान वीरेन्द्रनगरको मुख्य सडकमा गौतम चोक नजिकै भे १ ख २२४२ नम्बरको टिपरले भे १ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केशर सिंहको मृत्यु भएको हो। पश्चिम दिशाबाट पूर्वतर्फ आइरहेका कालिकोटको महावै गाउँपालिका–३ डिल्लीकोटका सिंह सवार मोटरसाइकललाई सोही दिशाबाट आइरहेको टिपरले ठक्कर दिएको हो।प्रत्यक्षदर्शीका अनुसार टिपरले सिंहलाई किचेर करिब २० मिटरसम्म घिसारेको छ। प्रहरीले टिपर चालक र टिपरलाई नियन्त्रणमा लिएको छ। दुर्घटनापछि वीरेन्द्रनगर तनावग्रस्त बनेको छ।मुख्य सडकको गौतम चोक, यरीचोक र मंगलगढी चोकमा मृतकका आफन्तले टायर बालेर प्रदर्शन गरिरहेका छन्। आफन्तले टिपर र चालकलाई आफ्नो रोहबरमा नल्याएसम्म लास नबुझ्ने भन्दै सडक बन्द गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *