अनलाईन न्युजपाटी,धनगढी,समाचारदादाता,माघ १४ गते।
धनगढीमा स्टाफ नर्स मृत फेला परेकी छिन्। धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २३ बर्षीय स्टाफ नर्स देविका श्रेष्ठ मृत फेला परेकी हुन्। दाङको घोराहीकी श्रेष्ठले १५ महिना अगाडी मात्रै भारतीय नागरिक बिक्की अग्रवालसंग विवाह गरेकी थिईन्।अग्रवालले श्रेष्ठसंग दोश्रो विवाह गरेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक दक्षकुमार बस्नेतले धनगढी उप–महानगरपालिका वडा नम्वर ३ स्थित डेरामा श्रेष्ठ मृत अवस्थामा फेला परेकी हुन्। प्रहरी नायव उपरिक्षक बस्नेतका अनुसार भित्रबाट ढोका बन्द गरेको अवस्थामा श्रेष्ठ मृत फेला परेकी हुन्।घटनास्थल हेर्दा आत्महत्याको आशंका गरिएको छ तर स्थानीयले घटनाको अनुसन्धानको माग गरेका छन्। झुण्डिएको अवस्थामा उनको शव फेला परेपनि उनको खुट्टा भने जमिनमा ठोक्किएको छ।