अनलाईन न्युजपाटी,राजविराज,समाचारदाता,माघ २८ गते।
वर्षौदेखि कोशी टप्पु वन्यजन्तु आरक्षणको हात्तीले सप्तरीको उत्तरी–पूर्वी भेगका सर्वसाधारणलाई त्रसित बनाउँदै आएपनि नियन्त्रणतर्फ स्थानीय, प्रदेश र संघ सरकारको ध्यान पुगेको छैन ।
पछिल्लो पटक सोमवार पनि कञ्चनरुप नगरपालिका वडा नम्वर ११ सितापुरमा आरक्षको हात्तीले घर भत्काएको छ भने स्थानीयहरुले खेतवारीमा लगाएको अन्नवालीमा क्षति पुर्याएको छ । आरक्षणबाट वस्ती बसेको हात्तीका एक समूहले छविलाल विकको घर भत्काएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरको टाट्टी भत्काएर घरभित्र रहेको २ सय किलो धान, एक सय किलो चामल, २ सय किलो मकै खाएको हो । जंगली हात्तीले वर्षौदेखि यसरी क्षति गर्दै आएपनि सम्वन्धित निकायले अझैसम्म कुनै ठोस पहल नगरेको स्थानीय हरुले गुनासो गरे । ‘स्थानीय सरकारले केही न केही ठोस पहल गर्नेतर्फ ध्यान पुर्याउनुपर्ने हो’ उनले भने–‘तर स्थानीय सरकारलको खासै पहल गरेको देखिदैन्।’
जसका कारणले आफ्नै गाउँठाउँमा पनि आफुहरुलाई त्रासपूर्ण वातावरणमा वस्नुपर्ने बाध्यता रहेको बताउँदै उनले जंगली हात्ती नियन्त्रण गर्नेतर्फ ध्यान पुर्याउन सवैमा आग्रह गरे ।