मोरङमा मोटरसाइकल विजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु

अनलाईन न्युजपाटी,विराटनगर,समाचारदादाता,माघ २८ गते।

मोरङको बुढीगंगामा मोटरसाइकल विजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु भएको छ ।सोमबार राति भएको उक्त दुर्घटनाबाट सुनसरी दुहबी–८ बस्ने २७ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो ।सोमबार राति ११ बजे बुढीगंगा–५ स्थित अन्नपुर्ण सिमेन्ट फ्याक्ट्री अगाडि भित्री सडकखण्डमा उतरबाट दक्षिणतर्फ जाँदै गरेको को२७प ८३६७ नम्बरको मोटरसाइकल अनियन्त्रीत भइ विजुलीको पोलमा ठोक्किएको थियो ।उक्त दुर्घटनाबाट सोही मोटरसाइकलका चालक चौधरी गम्भीर घाइते भएका थिए ।उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा आज बिहान पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *