नेपाल कम्युनिष्ट पार्टीको ‘जनयुद्ध’ दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ २८ गते।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले यसपालि पनि जनआन्दोलन तथा ‘जनयुद्ध’  दिवस मनाउने भएको छ। उक्त  दिवसमा मनाइने कार्यक्रममा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने नेकपाले जनाएको छ। तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध थालनी गरेको दिनलाई ‘जनयुद्ध’ दिवसका रूपमा मनाउँदै आएको थियो। माओवादी र तत्कालीन नेकपा एमालेबीच एकीकरण भएर बनेको नेकपाले गएको वर्ष जनआन्दोलन तथा ‘जनयुद्ध’ दिवस मनाएको थियो। त्यो बेला आयोजित कार्यक्रममा ओली उपस्थित भएका थिएनन्।यसपालि भने फागुन १ गते बिहीबार नेकपा पार्टी कार्यालय धुम्बाराहीमा हुने कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुँदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *