अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,माघ २९ गते।
जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । नेवि संघ धनुषाको नेतृत्वमा बुधबार विद्यार्थीहरुले विश्वविद्यालयको भिसी कार्यालय र डिनको कार्यालयमा तालाबन्दी गरेका हुन् । राजर्षि जनक विश्वविद्यालयले विद्यार्थी भर्ना प्रक्रियामा अनियमितता गरेको विद्यार्थीहरुको आरोप छ । राजर्षि जनक विश्वविद्यालयले विद्यार्थी भर्ना प्रक्रियामा अनियमितता गरेको विद्यार्थीहरुको आरोप छ । नेविसंघ धनुषाका अध्यक्ष सुजित मिश्रले छात्रवृत्तिमा र विद्यार्थी भर्ना प्रक्रियामा अनियमितता र आर्थिक चलखेल गरेकाले त्यसलाई सच्याउन दवाव दिन आन्दोलित हुनु परेको बताए । यता डिन जुगेश्वर साहले विद्यार्थीहरुले तालाबन्दी गरेको भएपनि के कारणले गरेको भन्ने बारे जानकारी नभएको बताए । उनले भने– विद्यार्थीहरुको के माग छ, स्पष्टरुपमा आउनु पर्यो र त्यसपछि मागबारे छलफल गर्न सकिन्छ ।