विराटनगर रेफर गरिएकी ५ महिने शिशुको बाटोमा लाँदै गर्दा निधन भएपछि अस्पताल तोडफोडको प्रयास

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदादाता,माघ २९ गते।

धरानको विजयपुर अस्पतालबाट विराटनगर रेफर गरिएकी ५ महिने शिशुको बाटोमा मृत्यु भए पछि विरामीको आफन्तले विजयपुर अस्पतालमा लफडा गरेका छन । उनीहरुले अस्पताल तोडफोडको प्रयास समेत गरे ।सुनसरी रामधुनी–७ पञ्चायनकी ५ महिने शिशु साहिरा कार्कीको विरानटगर लाने क्रममा मृत्यु भएको हो । शिशुका बुबा राजेन्द्र कार्कीले विजयपुर अस्पतालकै कारण आफ्नो नानीको मृत्यु भएको आक्रोश पोखे ।मुटुको समस्या भएको नानीमा निमोनिया देखिएपछि जटिल बनेको अस्पताल प्रशासन बताउँछ । बच्चाको शव बीपी प्रतिष्ठानको मर्चरीमा राखिएको छ । अस्पतालमा तनाव भएपछि प्रहरीले सुरक्षा प्रदान गरेको छ । शिशुका आफन्तहरुले भने विजयपुर अस्पतालको चरम लापरर्वार्ही भएको आरोप लगाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *