तनहुँमा दुई जना लागुऔषध कारोबारी पक्राउ

अनलाईन न्युजपाटी,पोखरा,समाचारदादाता,माघ २९ गते।

तनहुँमा दुई जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका १ सत्रसयबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  प्रहरीलाई प्राप्त विशेष सुचना अनुसार लमजुङको सुन्दरबजार नगरपालिका ६ का २४ वर्षीय सुजना तामाङ र आबुँखैरेनी सत्रसयकै २० वर्षीय आइते तामाङ पक्राउ परेका हुन् । ना १७ प ३३७२ नम्बरको स्कुटरमा सवार उनीहरुलाई चेकजाँच गर्दा डाइजापाम ५२ थान, नुफिन ५१ थान, फेनेरागन ५३ गरि जम्माजम्मी १ सय ५६ थान लागुऔषध उनीहरुबाट प्रहरीले बरामद गरेको छ । घटनाकोबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *