मिथिलाञ्चलको १५ दिने माध्यमिकी परिक्रमा आजदेखि सुरु, प्रचण्डले डोला उठाउँदै परिक्रमाको उदघाटन गरे

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,फागुन ११ गते।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा सुरु भएको छ। मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित मिथिला विहारी मन्दिरबाट कम्युनिस्ट पार्टी  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोला बोकेर उद्घाटन गरेका हुन्। प्रचण्डसँगे नेकपा नेतृ जुली महतो र साधुसन्तले डोला बोके। डोला बोक्न पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड हेलिकप्टरबाट आइपुगेका थिए। सोही हेलिकप्टरबाट मन्दिर क्षेत्रमा पुष्पवृष्टि गरिएको थियो। हजारौंको घुइँचोमा प्रचण्ड डोला बोकेर मन्दिरबाट निस्केपछि साधुसन्त तथा सर्वसधारण जयजयकार गरेका थिए।बाजाका साथमा भजन किर्तनसहित निस्केको मिथिला माध्यमिकी परिक्रमामा हजारौं साधुसन्त तथा सर्वसधारण सहभागी भएका छन्। मिथिला पञ्चकोशी परिक्रमामा सहभागी हुन भारतबाट समेत साधुसन्त आइपुगेका छन्। उनीहरु खाली खुट्टा नेपाल र भारतका १३३ किलोमिटर मिथिला परिक्रमा गर्छन्।   सुख, समृद्धि र शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ति हुने विश्वाससाथ गरिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा गर्ने जनविश्वास छ । मिथिला महात्मअनुसार अठारौं शताब्दीदेखि माध्यमिकी परिक्रमाको रुपमा मनाइँदै आएको यस धर्मयात्राका सहयात्रीले भजन कीर्तन गरी १५ दिन बिताउने गर्छन् । मिथिला विहारीको डोलाको नेतृत्वमा सुरु भएको परिक्रमाका यात्रु भारतको कलना, फुलहर, करुणा र नेपालको बिसौल मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, हुँदै धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरहीमा रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आइपुग्छन् ।  पूर्णिमा बिहान जनकपुरको अन्तगृह परिक्रमा पश्चात होली खेलेर १५ दिने यात्रा सम्पन्न गरिन्छ । धार्मिक एवम् पारस्परिक सद्भावको प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा १३ र भारतमा दुई गरी १५ धार्मिक स्थलमा रात्रि विश्राम गर्ने गरिन्छ ।
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *