मदिरा र गाँजा खाएका युवाहरुको दुई समूहबीच झगडा छुटाउन पुगेकैको बाँसको भाटाले टाउकोमा हानेर हत्या

 अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,फागुन १७ गते।

धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरमा एक पुरुषको हत्या भएको छ। स्थानीय ५५ वर्षीय सोनेलाल पुलामीलाई सोही ठाउँका युवाहरुले शुक्रबार राति ८ बजे हत्या गरेको परिवारको दाबी छ। मदिरा र गाँजा खाएका युवाहरुको दुई समूह झगडा गरिरहेका बेला सोनेलालले सम्झाउने प्रयास गरेका थिए। यही क्रममा युवाहरु उनीमाथि नै जाइलागेर कुटपिट गरेको बताइएको छ। बाँसको भाटाले टाउकोमा हानेर गम्भीर घाइते भएका सोनेलालको उपचारका लागि जनकपुर ल्याउँदै गर्दा मृत्यु भएको उनका छोरा सूर्यनारायणले बताए। राँगाले गहुँ खाएको हेर्न खेतमा पुगेका फर्किने क्रममा नशाले मातेका युवकहरुले बुवाको हत्या गरेको सूर्यनारायणले बताए। अहिले उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ। पीडित परिवारले हत्या गरेको आरोपमा स्थानीय सात युवामाथि प्रहरीमा किटानी जाहेरी दिने तयारी गरेका छन्।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *