सिरहामा माइक्रो भ्यान दुर्घटना हुँदा २१ जना घाइते

अनलाईन न्युजपाटी,सिरहा,समाचारदादाता,फागुन १७ गते।

सिरहाको धनगढीमाई नगरपालिका-७ मा पर्ने गागन खोला नजिक शनिबार साँझ पौने ६ बजेतिर माइक्रो भ्यान दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार लहानबाट पश्चिम धनुषाको ढल्केवरका लागि यात्रु बोकेर हिँडेको ना १ ज ६४५८ नम्बरको भ्यान दुर्घटना भएको हो। क्षमताभन्दा बढी यात्रु र अत्यधिक गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । तीव्र गतिले गाडीको पछाडिको चक्कासमेत खुस्किएको छ । घाइतेमध्ये १६ जनाको गोलबजारस्थित भूमिजा अस्पतालसहित तीन ठाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि विराटनगर लगिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए । इलाका प्रहरी कार्यालय लहानका अनुसार जे एस पोलिक्लिनिकबाट थप उपचारका लागि विराटनगर नर्सिङ होममा २५ वर्षीय गोपाल दास र २३ वर्षीय दीपेश दासको रेफर गरिएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *