वीरगंजको समाजसेवी मुन्नाले तरकारी बजारमा सर्जिकल मास्क र सेनिटाईजर बाडे

अनलाईन न्युजपाटी वीरगंज  समाचारदाता ,चैत्र  १५ गते।

कृष्णा यादब ,

समाजसेवी अमन मुन्नाले सर्जिकल मास्क र सेनिटाईजर वितरण गरेका छन् । विश्वव्यापी रुपमा बढिरहेको कोरोना संक्रमणलाई रोकथाम गर्न निमित्त युवा समाजसेवी मुन्नाले शनिबार  वीरगञ्जमा मास्क र सेनिटाईजर वितरण गरेका हुन् । आज बेलुका उनले वीरगञ्ज मुर्लीबजार  विभिन्न व्यपारी, बटुवा, रिसका चालक र स्थानीयलगयातलाई मास्क र सेनिटाइजर वितरण गरेका थिए । विश्वस्तरमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट जोगिन श्वसन स्वच्छता र हात स्वच्छता आवश्यक रहेको उनले बताए ।

समाजसेवी मुन्नाले  जनस्तरमा अहिले पनि कोरोना संग जोगिने उपायहरुबारे अधिक जानकारी नभएको कारण पनि आफुले मास्क र सेनिटाईजर वितरण गर्दै जागरुकता फैलाउन प्रयास गरेको भने हरेक नागरिकले पटकपटक साबुनपानीले हात धुने अाग्रह समित गर्नुभएको थियो। उनले सबैलाई नेपाल सरकार र डब्ल्युएचओले दिएको निर्देशन अनुसार श्वसन स्वच्छता र हात स्वच्छताका तरिका अपनाएर आफुलाई र अरुलाई यो रोगबाट बचाउन आग्रह गरे । उनले सबैलाई सामाजिक दुरी बनाएर सावधानी अपनाउदै आवश्यक परे मात्र घर बाहिर निस्किन सुझाव दिए । समाजसेवी मुन्नाले लगभग सय थान मास्क र सेनिटाईजर वितरण गरेको उनका सहयोगी असमहम्द असारीले   जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *