मेडिकल कलेजमा सफल शल्याक्रियबाट जुम्ल्याहा बच्चाको जन्म

अनलाईन न्युजपाटी,बाँके,समाचारदाता,चैत १९ गते। 

जावैद अंसारी, कारोना भाइरसको लकडाउनकै क्रमममा दाङको लमहीमा उपचार हुन नसकेपछि मंगलबार नेपालगञ्ज ल्याएकी एक गर्भवती महिलाको शल्याक्रिया गरेर जुम्ल्याहा बच्चाको ज्यान जोगाइएको छ । मंगलबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जकी डा.फरहत बानुको टिमले गम्भीर रहेकी गर्भवती लमही–६ की शबनम सिंह बस्नेतको सफल शल्याक्रियाबाट जुम्ल्याहा बच्चाको ज्यान बचाएका हुन । अस्पतालमा कार्यरत तथा शल्यक्रियामा संलग्न स्त्रीरोग विशेषज्ञ डा. बानु, एनेशथेसिया डा.कपिल पोखरेल, सहायक मोहनजंङ्ग शाह, चौतराम चौधरी, स्टाफ नर्स कमला ओली, रोशनी बस्नेत, श्रेया सिंह बिक, हेल्पर राम अवतार र कुमुद लगायतको टिमले सफल शल्यक्रिया गरेको हो । शल्यक्रियाबाट जुम्ल्याहा बालकको जन्म भएको छ । चिकित्सकका अनुसार आमा र बच्चा दुबैको स्वस्थ्य अवस्था सामान्य रहेको छ । तिनै जनाको ज्यान जोगिएकाले परिवार खुःशी रहेको डा.बानुले जानकारी दिनुभयो । गम्भीर रहेकी गर्भवती बस्नेतको लमहीमा उपचार हुन नसक्ने भन्दै मंगलबार नै नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *