पर्सा प्रहरीले पेर्टवा सुगौली बाट १३ जना मौलानाहरु पक्राउ गरि क्वारेन्टाइन राखे

अनलाईन न्युजपाटी,वीरगञ्ज ,समाचारदाता,चैत २० गते।

कृष्ण यादव, कोरोना भाइरसको संक्रमण फैलिएको भनिएको भारतको राजधानी  नयाँदिल्लीस्थित बंगलेवाले निजामुदिन  मस्जिदमा  मुस्लिम समुदायका धार्मिक सभामा सहभागी भएको आशंकामा १३ जना मौलवीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिइएको छ।

पर्सा जिल्लाको पेर्टवासुगौली गाऊपालिका वडा नम्बर ५ कंञ्चपुरमा १३ मौलावीको समुहले गाऊमा आवतजावत गरेको समुहलाई स्थानीय गाऊको बासिहरुले उनीहरूको समूह भारतको राजधानी नयाँ दिल्ली स्थित रहेको निजामुदिन मस्जिदमा धार्मिक कार्यक्रममा सहभागी भएर आएको संकामा  नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको पर्सा प्रहरीको प्रब्क्ता प्रहरी नायब उपरीक्षक बिरेन्द्र साहीले बताउनु भयो।

यसरी पक्राउ पर्ने १३ जना मौलवीहरूमा रौतहटका ११ र पर्सा जिल्लाका दुई जना मौलवी रहेका छन्। हाल उनीहरूलाई वीरगन्जको महानगरपालिका वर्डा  नम्बर १३ सिद्धार्थ माध्यामिक विद्यालयको क्वारेन्टाइन राखिएको छ। उनीहरू सबैको स्वास्थ्य परीक्षण हुनेछ। यसका साथै प्रहरीले उनीहरू दिल्लीको सो धार्मिक सभामा गएको / नगएको अनुसन्धान भईरहेको पर्सा प्रहरीको प्रब्क्ता प्रहरी नायब उपरीक्षक शाहीले बताउनु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *