अनलाईन न्युजपाटी, वीरगंज समाचारदाता ,चैत्र २८ गते।
कृष्णा यादब,
नेपाल सरकारले लकडाउन लागू गरेपछी पर्सा जिल्लाको विभिन्न नाकामा सशस्त्र प्रहरीका पर्सा जिल्ला प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र कुँवरले आफै सिमानाका र बेशय केम्पहरुमा आफै अवलोकन गरी जनतालाई लकडाउनको पालना गराउनको लागि पर्साको सम्पूर्ण युनिटलाई कडाईको साथ निर्देशन दिनु भएको छ।
बिश्वब्यापी महामारी को रुपमा फैलीरहेको (कोभेड-१९) नोबेल कोरोना भाईरस संक्रमण बाट बचाउनको लागि नेपाल सरकारले गरेको लकडाउन क्रममा भारतबाट सिमा नाका हुदै चोरीलुकी नेपालमा भित्रने र नेपालबाट लुकीचुरी भारतमा जाने मानिसहरुलाई सिमानाकामा आवत जावत गर्नेलाई कडाईको साथ विभिन्न नाकामा २ किलोमिटरको दुरिमा सशस्त्र प्रहरी खट्टाई आवत जावतमा कडाईको साथमा रोक्नेको लागि पर्साका सशस्त्र प्रहरी प्रमुख कुँवरले निर्देशन दिनुभएको हो।
पर्साका सशस्त्र प्रहरी प्रमुख कुँवरले पर्साको विभिन्न नाका वीरगंज भन्सार , श्रिसिया, अलौ बिओपी, अमरपट्टी, प्रसौनि, पँकाहामैनपुर, सबैठवा केम्प , भिस्वा , जानकिटोला , ठोरी लागाएतका केम्पमा पुगेर लकडाउनको पालना गरने र कोराना को जनचेतना फैलाउनै बारे सम्पूर्ण केम्पहरुमा निर्देशन गरेका छन् ।