अनलाईन न्युजपाटी कञ्चनपुर, समाचारदाता,बैशाख ०२ गते।
कञ्चनपुरमा गहुँ थ्रेसिङ गर्ने बेला सोमवार राती एक जनाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका वडा नम्वर ६ बनगाउँ निवासी ६५ बर्षीय नरवहादुर चन्दको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बनगाउँका चन्दको सुकासालमा गहुँ थ्रेसिङ गर्ने बेला पट्टामा बेरिएर मृत्यु भएको हो। उनको शव पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ।