अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,बैशाख १३ गते
नदीमा नुहाउने क्रममा कैलालीको कन्द्रा डुबेर शनिबार दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका-१२ शिवपुरका-११ वर्षीय सचिन चौधरी र १४ वर्षीय अनिश चौधरी रहेका छन् । घर नजिकैको नदीमा नुहाउन गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरीले जानकारी दिए ।