आरडिटी टेस्ट भएका ३५ जना नेपालीलाई नेपाल ल्याइयो

अनलाईन न्युजपाटी प्रिन्स मिश्रा कपिलवस्तु, समाचारदाता, बैशाख १४  गते

लकडाउनमा फसेका जिल्लाको कृष्णनगर नाका हुँदै ३५ जनालाई भारतको क्वारेन्टाइनबाट नेपाल भित्र्याइए को छ ।गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मुख्य नाका कृष्णनगरबाट ३५ जना नेपालीहरुलाई नेपाल भित्र्याइएको छ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भारतका सिद्धार्थनगर र बलरामपुरका डिस्ट्रिक मजिस्ट्रेटहरु संग समन्वय गरि कृष्णनगर नाका खोलेर भारतका विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई नेपाल भित्रियाइए को प्रमुख प्रशासकिय अधिकृत मनोज सैनी जानकारी गराएका छन । त्यस्तै नेपालका त्रिवेणीबाट फर्क्दै गरेका भारतिय श्रद्धालुहरु लकडाउनमा फसेर साइकल चलाउदै कृष्णनगर पुगेका ३६ जनालाई भारतीय सुरक्षा निकायको जिम्मा लगाइए को नगरपालिका प्रमुख रजत प्रताप शाहले बताउनुभभयो ।

नेपाल भित्रिनेहरु कपिलवस्तु जिल्लाका विभिन्न स्थानिय तह तथा दांग जिल्लाका घोराही उपमहानगरपालिकाका रहेको सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील शाहीले बताए । सिमा नाका हुँदै आएका नेपालीहरुको भन्सार यार्डमा आरडिटी टेस्ट गरि सकेकाले सबैलाई सम्बन्धित स्थानिय तहमा सम्पर्क गरि पठाइएको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *