अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, बैशाख २४ गते
नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ। उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन्। आज थपिएका सबै संक्रमित पर्सा जिल्लाका हुन्। उनीहरूमध्ये १० पुरूष र ७ महिला छन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले जानकारी दिए।