अनलाईन न्युजपाटी कृष्णा यादव, बीरगन्ज समाचारदाता, बैशाख २७ गते
सन्सार भरी कोरोनाको माहामारी मा लडिरहेका डाक्टरहरुको सुरक्षालाई ध्यानमा राखी नेपाल फर्मास्युटिकल्स ल्याब प्रा. लि. ले शुक्रबार नारायणी अस्पताल लाई कोरोना भाईरसमा काम लाग्ने अतिआवश्यक समानहरु प्रदान गरेको छ ।
नेपाल फर्मास्युटिकल्स ल्याब प्रा.लि.का टीम हरुको सहयोगमा पर्सा जिल्लाका चिकित्सकहरुको लागि २०० पिस आइसोलेशन गाउन , एन ९५ मास्क २०० पिस,गुगल १०० पिस,फेस शिल्ड १०० पिस, प्रदान गरिएको नारायणी अस्पताल का चिकित्सक डा.निरज सिंहले अनलाईन न्युजपाटीलाई जानकारी दिनु भयो।
एन पि एल ल्याब प्रा.लि. का डिजीएम सुरेन्द्र प्रसाद साहले आज नारायणी अस्पतालका मेसु डा.मदन उपाध्यायलाई भेटेर हस्तान्तरण गर्नु भएको छ। कोविड 19 महमारीको समयमा चिकित्सकहरुलाई अत्यावश्यक कोविड19 संक्रमित व्यक्तिको उपचारमा चिकित्सक हरुको सुरक्षा को अवस्थालाई ध्यान गर्दै सो पिपिइ सेट प्रदान गरिएको बताईएको छ । सो अवसरमा डा. निरज सिंह, वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नेपाल फर्मास्युटिकल्स ल्याब का टिम सन्तोष मास्के, प्रवीण मिश्र, विजय कर्ण, विवेक ठाकुर, मौसम भट्टराई, निखिल शाह, सौरभ बर्णवाल, अरविन्द गुप्ता, सन्नी सर्रफ लगायतको सहभागिता रहेको थियो ।