अनलाईन न्युजपाटी सन्तोष यादव, सुनसरी समाचारदाता, बैशाख ३० गते
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराले, ठूलो परिमाणको लागुऔषध सहित एक जना पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल सुरक्षा पोष्ट चतराबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका वाड नं. १ लौकही बस्ने २४ वर्षका रोशन झालाई लागुऔषधसहित पक्राउ गरेको हो
पक्राउ परेका झा को साथबाट २ एमएलको एक सय पचासको दरले लुजेसीक,फेनारगन र डाइजेल्याब गरी ४ सय ५० थान इन्जेक्सन एमपुल ,६५ बोटल डाइलेक्स,२ वोटल फेन्सीडल तथा ६० वटा पत्तामा १४ सय ४० गोटा इपास्मो प्रोक्सीभन क्यापसुल यसैगरी नेपाली ११ हजार ८ सय १० र भारु १ हजार २ सय ३० रुपैंया तथा १ थान मोवाईल सहित विहान ४ बजे पक्राउ गरेको हो।
स १० प ४६९२ नम्वरको मोटरसाईकलमा आउँदै गरेको झालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराका प्रहरी निरीक्षक अशोक न्यौपानेले बताए ।