मंगलबार एकैदिनमा ८३ जना संक्रमित कोरोना संक्रमण पुष्टि, धनुषा र महोत्तरीमा पनि भेटिए संक्रमित

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, बैशाख ३१ गते

मंगलबार राति  १०:१५ बजे स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमण पुष्टि भएको छ । यससँगै मंगलबार एकैदिनमा ८३ जना संक्रमित थपिए संगै कुल संख्या २१७ पुगेको छ । यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष तथा धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *