अनलाईन न्युजपाटी सन्जु छत्कुलि, बीरगन्ज समाचारदाता जेठ २ गते
बिश्वब्यापी फैलिएको कोरोना माहामारीको उच्च- जोखिममा वीरगंज महानगर परेपछि यहांका स्थानिय प्रशासनले बैशाख ३१ गते देखि पर्सा जिल्लामा निषेधाज्ञना जारी गरेको छ।
निशेधाज्ञाका कारण वीरगंज लगायत आसपासका स्थानको जनजिवन प्रभावित भएको छ । दैनिक जिबिका चलाउन धौ-धौ परेको बेला आफुले समाजिक सेवामा लागर्दै स्व.गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साको तर्फबाट वीरगंज वडा नं ३ र वडा नं १ का २००० घरमा हरियो साग सब्जिको व्यवस्थापन गरेको छ।
प्रत्येक घरधुरीलाई एक हप्ता सम्म पुग्ने गरि हरियो तरकारी भिन्डी,बोडी,करेला र घिरौला ४ के.जी को दरले वितरण गर्न लागिएको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले जनाएका हुन। मुस्लिम समुदायको पवित्र पर्व रमजानलाई मध्य नजर गर्दै स्थानिय प्रशासनसंग समनव्य गरि फाउण्डेशनका अध्यक्षले आफनो घरपरिवारका सदस्यको सहयोगमा छपकैया क्षेत्रमा हरियो तरकारी वितरण गरेको बताउनु भएको छ ।